रोजगारिका लागि भारत गएका अर्घाखाँचीका एक युवकको सडक दु्र्घटनामा परि मृत्यु

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीका एक युवकको सडक दुर्घटनामा परि भारतमा मृत्यु भएको छ ।मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुक गैराटोलका २० वर्षिय सिदास भुसालको सडक दुर्घटनामा परि भारतको गुडगाँवमा मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ ।

लामो समयदेखि मृतक सिदासका बुबा भिमबहादुर भुसाल भारतमै बेपत्ता भएको र बाथ, प्रेसर आदि रोगबाट ग्रस्त आमा मिनाकुमारी भुसालको उपचार एवं पालनपोषण समेतको समस्या टार्न उनी पढाइ छोडी रोजगारिको लागि केहि महिना अघि भारतमा गएर आमाको सहारा बनेका थिए । कारको टक्कर बाट गम्भीर घाइते भएका भुसालको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close