अर्घाखाँचीकाे शितगंगालाई विशेष क्षेत्र बनाएर विकास गर्छु : भुसाल

प्रेमनारायण आचार्य,शितगंगा । पुर्बउपसभामुख नेपाली कांग्रेसका नेता पुष्पा भुसालले नेपालकै सबैभन्दा ठुलो शितगंगा नगरपालिकाको विकासका लागि विशेष क्षेत्र बनाउने बताउनु भएको छ । शितगंगा नगरपालिका १२ को रजिया, खुम्चिकोट र १० नम्बर वडा सिद्धाराका विभित्र स्थानमामा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेकी भुसालले भौगोलिक अबस्थाले जटिल रहेको शितगंगा नगरलाई विशेष क्षेत्र बनाएर बिकासमा नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको हो ।

रोजगारी र शिक्षाको कारण गाउँमा मानिसहरु बसाइँसराइ गरेको बताउदै अर्घाखाँचीमा सुविधा सम्पन्न कलेज र प्राविधिक विषय पढाइ हुने कलेजहरु खोल्नु पर्ने बताउनुभयो । उहाँले अर्घाखाँचीका युवाहरूलाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने बताउनुभयो । अर्घाखाँची प्रदेश सभा ख मा नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेदवार कमल प्रसाद भुसालले शितगंगाका जनताको चाहना अनुसार विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ ।
विशेष योजना बनाएर शितगंगामा स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । नेता भुसालले नेपाली कांग्रेसको नेतृत्वमा नेपालका हरेक आन्दोलन र परिवर्तन भएको बताउनुभएको छ । उहाँले अर्घाखाँची जिल्लाको विकासमा नेपाली कांग्रेसको भुमिका प्रमुख रहेको बताउनुभयो । उहाँले संविधानको रक्षाका लागि गठबन्धन अहिलेको आबश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रेवति प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कान, नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार बिक, नेपाली कांग्रेस समानुपातिक उम्मेदवार लोकेन्द्र बपक, नेकपा एकीकृत समाजवादीका नेता पिताम्बर भुसाल, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेताहरु बालकृष्ण पाण्डे, शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, सचिव अच्युत गौतम, इन्द्रमणि पौडेल, यादव प्रसाद घिमिरे, सुर्य प्रसाद अधिकारी, छमा कार्की, कांग्रेस जिल्ला सदस्य बाबुराम गैरे, गोपाल भुसाल, विष्णु पौडेल, राजमोका गोविन्द विसि, कांग्रेसका क्षेत्रीय सभापति हेमन्त बेल्बासे, नेता हिम्मत पोख्रेल, प्रितम थापा लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रमहरु संयुक्त गठबन्धन चुनावी प्रचारप्रसार कार्यक्रमका संयोजक विबेक गैरेको सभापतित्व र कांग्रेस नेता माधव प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close