कृषिलाई पर्यटनसंग जोडेर आर्थिक समृद्वी गर्नेःप्रदेश सभा (ख) का उम्मेदवार भुसालको भनाइ

सन्धिखर्क ।अर्घाखाँची गठबन्धनको तर्फबाट प्रदेशसभा (ख) का उम्मेदवार कमल प्रसाद भुसालले आफुहरुले निर्वाचन जितेपछि धार्मिक,सास्कृतिक र कृषिलाई पर्यटनसंग जोड्ने उदघोष गर्नुभएको छ । संयुक्त गठबन्धन आयोजनामा सन्धिखर्क २ भुमिकास्थान ८ को नुवाकोट,९ को ढिकुरा र १० धनचौरका विभिन्न टोलमा मतदाता संगै चुनावी भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको छ ।अहिले जनताले भाषण भन्दा विकास बाट निकास चाहेकाले आफु सोहि माध्यबाट जनताको भावना बुझदै उम्मेदवार रहेको बताउनुभएको छ ।सोहि अनुसार आम मतदाता लाई भोट दिनको लागि पनि भुसालले आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, जिल्लामा आर्थिक समृद्धिको आधार नै व्यवसायिक कृषि र पर्यटन भएको भन्दै दिगो विकासको निम्ति सास्कृतिक र कृषिलाई व्यवसायिक बनाउने गठबन्धनको योजना भएको बताउनुभएको छ ।विकासको नाममा आएको बजेट दुरुपयोग गरि मतदाता खरिद गर्ने विकृतिका बिरुद्ध जनता सचेत हुनुपर्नेमा विषयमा जोड दिनुभयो ।
कमेन्ट गर्नुहोस !