दाङमा बार्गेनिङ गरि रकम माग्ने महिला पूर्पक्षका लागि कारागार चलान

तुलसीपुर । दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’मा पारी ठूलो धनरासी माग्ने मध्यकी प्रमुख योजनाकार मानिएकी एक महिला पूर्पक्षका लागि थुनामा पठाइएकी छन् ।दाङ देउखुरी जिल्ला अदालतले आइतबार भएको थुनछेक बहसमा गढवा गाउँपालिका वडा नं. ६ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराजलाई पूर्पक्षाका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार हिरन्य भण्डारीले जानकारी दिए ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले गहतराजलाई उक्त आदेश दिएसंगै उनलाई कारागार चलान गरिएको छ ।

आपराधिक लाभ मुद्दा चलाइएका आरोपित तीन जना हनिट्रयापका मध्य तुलसीपुर–१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेतसंग अदालतले एक लाख धरौटी माग गरेको थियो ।मागेको धरौटी रकम बुझाउन नसकेपछि उनीपनि कारागार चलान भएकी छन् ।

यही घटनामा घोराही उपमहानगरपालिका–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसीसंग पनि अदालतले एक लाख धरौटी माग गरेको थियो ।अदालतले मागेको धरौटी बुझाएर उनी भने छुटेका छन् ।

‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम माग्ने र नदिए बलात्कार सम्बन्धी मुद्दा हालीदिने धम्की दिएर उनीहरुले तुलसीपुरकै एक पुरुष संग मोटो रकम माग्दै आएका थिए ।

उनीहरूले ती पुरुषबाट पटक–पटक गरी झन्डै ३० लाख लगि सकेको प्रहरीले बताएको छ ।फरक कोण

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close