बाल विवाह मुक्त गर्न प्रधानमन्त्री ओलीको हस्ताक्षर

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुुभकामना दिनुुभएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा अभियानकर्मीहरुसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुुभकामना दिनुुभएको हो ।

बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गर्नुभयो । मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।
भेटमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुुम्बिनी प्रदेशका पूर्व मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भुु समाज सेबि नेपाली जनसम्पर्क समिती भारतका अध्यक्ष बाल कृष्ण पाण्डे र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा सम्लग्नहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close