अर्घाखाँचीमा क्षयरोगका कारण १ वर्षमा ६ जनाको मृत्यु

सागर महत चैत्र ११,अर्घाखाँची ।
अर्घाखाँचीमा क्षयरोगका कारण १ वर्षमा ६ जनाको मृत्यु भएको छ ।आर्थिक वर्ष २०७९/८० मा ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताए।विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले राखेको अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन।
त्यस्तै जिल्लाभरमा २सय २२ जनामा क्षयरोग संक्रमण पुष्टी भएको सुचना अधिकारी विकको भनाइ छ ।जसमध्ये सन्धिखर्क नगरपालिका ६४ जना,भुमिकास्थान नगरपालिका ५६ जना,शितगंगा नगरपालिका ४१ जना,छत्रदेव गाउँपालिका २६ जना,पाणिनि गाउँपालिका १९ जना र मालारानी गाउँपालिकामा १६ जना गरि २सय २२ जनामा क्षयरोग पुष्टि भएको बताएको छ ।
परिक्षण समुदाय स्तरमा पुर्याउनको लागि लागि स्वास्थ्य कार्यालय अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा चरणबद्व रुपमा कार्यक्रम गर्न सुरु गरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिए ।
कार्यालय बाट चालु आर्थिक बर्षमा ४५ कार्यक्रम भएको र ३५ कार्यक्रम कार्यान्वयमा गएको र १० कार्यक्रम कार्यन्वयन हुन बाँकी रहेको समेत बताए।
अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाहले जिल्लामा क्षयरोगका बिरामीको संख्या बढी भए पनि रोग लुकाउने गरेको बताए।बिरामीहरुले २/३ महिना औषधी नियमित सेवन गर्ने र पछि केही सञ्चो भएपछि औषधी खान छाड्ने गरेकाले रोग बल्झिने क्रम बढ्दो रहेको उनको भनाइ छ। ६ महिनासम्म औषधि खाँदा क्षयरोग निको हुने भएकाले बिरामीले समयमै चेकजाँच गराई उपचार गर्नु पर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस !