सन्धिखर्क ९ का गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । द रेन्बो युथ क्लबको आयोजना र सहारा शान्ति सामुदायिक विकास क्लबको सहयोगमा ५० वटा कम्बल वितरण गरिएको हो ।
जाडो सुरुभएकाले विपन्न परिवारमा केही भएपनि राहत पुग्ने उदेश्यका साथ वितरण गरिएको सहारा शान्ति सामुदायिक विकास क्लबका अध्यक्ष भरमणी भट्टराई जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सहभागी उप सभामुख पुष्पा भुसालले क्लबले सामाजिक काममा देखाएको योगदान निकै प्रतिफलयोग्य रहेको भन्दै धन्यवाद समेत दिनुभएको थियो कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष पदम भुसाल,कांग्रेस सन्धिखर्क नगरसभापति बाबुराम भुसाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !