दाङमा चलेको टिप्परमा आगजनी

दाङ।विभिन्न माग राख्दै आज गरिएको नेपाल बन्दका क्रममा दाङमा चलेको टिप्परमा आगजनी भएको छ ।घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।
आगजनी कसले लगायो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।
प्रहरी प्रमुख काफ्लेले टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको समेत बताउनुभयो ।एमसीसी सम्झौता खारेज, नागरिकता विधेयक फिर्तालगायतका माग राखेर विप्लव समूहले मंगलबार नेपाल बन्द आह्वान गरेको हो ।
कमेन्ट गर्नुहोस !