अर्घाखाँचीमा काकाले चलाएको ट्याक्टरले किचेर बालिकाको मृत्यु

सागर/ महत ,अर्घाखाँची । जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्टरले किचेर विद्यालय हिँडेकी बालिकाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ८ पालीमा बुधबार विहान ९ बजे आफ्नै काकाले चलाएको लु २ त ९३७१ नम्बरको ट्याक्टरको अगाडी बसेकी नमुना कुमालको ट्याक्टरबाट खसेर टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।१२ वर्षीया बालिका अर्भका आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्थिन् । उको वार्षिक परीक्षा चलिरहेको थियो ।

दुर्गाफाटबाट बरपोख्रासम्म ढुंगा लिएर हिँडेको ट्याक्टरले बालिकालाई किचेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।ट्याक्टर चालक सुशील कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close