अर्घाखाँचीमा वैशाख २ गते भित्र टाइफाइड रोगविरुद्व खोप लगाउनु पर्ने

सागर महत /अर्घाखाँची
अर्घाखाँचीमा स्वास्थ्य कार्यालयले टाइफाइड रोगविरुद्व खोप अभियान सञ्चालन आज बाट सुरु गरेको छ ।आजदेखि सुरुभएको अभियान वैशाख २ गते सम्म संचालन हुने छ ।खोप लगाउनको लागि स्वास्थ्यकर्मी,स्वंयमसेवीका परिचालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
खोप लगाउने उमेर १५ महिना भन्दा माथि र १५ वर्ष मुनिका बालबालिका समावेश भएको जनाईएको छ ।जिल्लाभरमा ४६ हजार ९ सय ३३ लाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी दिनुभयो ।खोप अधिकृत गौतमका अनुसार अन्य जिल्लामा वैशाख १८ गते सम्म खोप लगाउने तालिका भएपनि अर्घाखाँचीमा वैशाख २ गते सम्म जिल्ला भरमा खोप लगाएर सकिने लक्ष्य राखिएको बताउनुभएको छ।

खोप सम्बन्धित पालिकाको विद्यालय तथा वडा, कार्यालय,स्वास्थ्य संस्था बाट खोप लिन सकिन बताईएको छ ।खोप लगाउन नछुटाउन सम्पुर्ण अभिभावकलाई आग्रह समेत गरिएको छ ।विद्यालय बाट शिक्षकले पनि खोप अभियानमा महत्वपुर्ण तरिकाले सहयोग गर्ने अपेक्षा राखिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close