एमाले सचिव रायमाझीले विकास भन्दा विनास धेरै गरेकोःकांग्रेस सभापति श्रेष्ठको भनाइ

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले १५ वर्षको अवधीमा एमाले सचिव टोपबहादुर रायमाझीले जिल्लामा विकास भन्दा बढी बिनास गरेको आरोप लगाउनुभएको छ । छत्रदेव गाउँपालिकाको ठुलापोखरामा भएको चुनावी अभियान कार्यक्रम लाई सम्बोधन गदै सभापति श्रेष्ठले यस्तो बताउनुभयो ।
उहाँले भन्नुभयो भाषणमा जिल्लाका धेरै गौरवका कुरा गर्ने तर काम भने नगर्नेे भन्दै आरोप लगाउनुभएको हो। यस्तै अब जनताको ध्यान कांग्रेस तिर आएकोले कांग्रेसले कुनै बैइमानी नगरि काम गर्ने बताउनुभयो ।यस्तै स्थानीय चुनाव नजिकएकाले आम कार्यकर्ता लाई चुनावमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
कार्यक्रम कांग्रेस नेता डाक्टर रामबहादुर बिसि ,जिल्ला कोषाध्यक्ष विष्णु क्षेत्री, जिल्ला सहसचिव कमल पौडेल ,काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तारा प्रसाद श्रेष्ठ, जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ, लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !