अर्घाखाँचीमा निर्वाचनका लागि पाँच दलको गठबन्धन

सागर /महत । अर्घाखाँचीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धन भएको छ ।सोमबार संयुक्त गठबन्धनले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर चुनावी एकताबारे जानकारी गराएको हो ।

जसअन्तर्गत स्थानीय तह निर्वाचन, प्रदेश र संघसम्मको निर्वाचनका लागि गठबन्धन कायम रहने कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेसबाट केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट छमकुमारी चिनारी, नेकपा एकीकृत समाजवादीका रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका सेरबहादुर बिसी, थम्मन केसी, समाजवादी पार्टीका जिन्दग खड्का लगायत सहभागी थिए ।

बैठकले चुनावी अभियानलाई चैत्र ११ गतेदेखि घरदैलो अभियानका रुपमा लैजाने निर्णय समेत गरेको छ ।

May be an image of 7 people, people sitting and people standing

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close