अर्घाखाँचीमा ५० हजार राशीको भलिबल प्रतियोगिता सम्पन्न

अर्घाखाँची ।अर्घाखाँचीमा प्रथम ईश्वरीप्रसाद भुसालस्मृति भलिबल कप प्रतियोगिताको सम्पन्न भएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का स्वर्गिय वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको सम्झनामा आयोजना गरिएको भलिबल खेलमा ९ टिमको सहभागीता रहेको थियो ।
जसमा अर्घाखाँची बुलेटिनको टिम प्रथम ,दोस्रो असुरकोट युवा सञ्जाल र तेस्रो प्रगतिशील युवा क्लब धारापानी भएका छ । विजेता प्रथम टोलीले ५० हजार ,दोस्रोले ३० हजार,तेस्रोले २० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन ।
कमेन्ट गर्नुहोस !