पाल्पामा करेन्ट लागेर दाजुभाइको मृत्यु

पाल्पा ।पाल्पामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका दोभान स्थित खोलामा विद्युतको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एकाघरका २ जना दाजुभाईको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा स्थानीय २० वर्षषीय सुरज सुनार र १४ वर्षषीय राकेस सुनार रहेका छन् । तिनाउ गाँउपालिका १ बेलदमारका पदम बहादुर चिडीको घरबाट विद्युतको तार जोडेर दोभान खोलामा करेन्ट लगाउने क्रममा करेन्ट लागेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !