अर्घाखाँचीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ९ जना,भुमिकास्थान नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ४ जना गरि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
योसहित सक्रिय कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।यस्तै ७ जना संक्रमण मुक्त भएका छन ।
कमेन्ट गर्नुहोस !