स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । आयोगको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ दलहरूबीच परामर्श गरेर स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
कमेन्ट गर्नुहोस !