प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

गुल्मी ।जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ।कार्यालयमा कार्यरत केही कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि जोखिम कायम भएकाले भोली माघ ११ गतेदेखि अर्के सुचना जारी नहुनेजेल सम्मको लागि अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस !