अल्पकालिन सेवा केन्द्र सन्धिखर्कको वार्षिक प्रगति र सुझाव कार्यक्रम सम्पन्न

सागर महत/ अर्घाखाँची ।
सुर्येदय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. मार्फत संचालित अल्पकालिन सेवा केन्द्र सन्धिखर्क अर्घाखाँचीको वार्षिक प्रगति र सुझाव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख कमल प्रसाद भुसालले हिंसाका परेका व्यक्तिहरुको अधिकार प्राप्त गर्ने संस्थाले विशुद्व अधिकार प्राप्तको लागि काम गर्न सक्छु भनेले मात्र पिड्कको न्यायमा आवाज उठाने सक्ने बताउनुभएको भयो ।जसको लागि जिल्लाका ६ वटा पालिकाको समन्वयकारी भुमिका भएमा न्यायको खोजिमा प्रेरेणा मिल्ने बताउनुभयो ।

No description available.
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार हरेक क्षेत्रमा सबै भन्दा पहिले हिंसा हुन नदिनु नै उत्तम हुने बताउनुभयो ।
संस्थाको कार्यालय व्यवस्थीत नभएको गुनासो आएकोले जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिका रहेकाले कार्यालय व्यवस्थापनको लागि सन्धिखर्क नगरपालिका सहयोग गर्न तयार रहेको र अन्य पालिकाले पनि सोहि अनुसार कार्यालय व्यवस्थापन गर्नको लागि सहयोग गरेमा कार्यालय व्यवस्थापन गर्न सजिले हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताउनुभयो ।न्यायको खोजिमा अनुसन्धान देखि संस्था लाई भैपरि आउने समस्या संग समन्वय गदै आएको प्रहरी नायब उपरिक्षक उमर बहादुर थापाले जानकारी गराउनुभयो ।

सन्धिखर्कमा रहेको उक्त संस्थाले यो आर्थिक वर्षमा विभिन्न समस्यामा परेका ६५ जना लाई न्याय दिन सफल भएको उक्त संस्थाले जनाएको छ ।कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल ,सुर्येदय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. तर्फ बाट शुशिला भुसाल,सुन्तली श्रेष्ठ,पाणिनी गाउँपालिका सामाजिक विकास शाखाका गुनाखर अधिकारी,भुमिकास्थान नगरपालिका सामाजिक विकास शाखाका झविलाल बन्जाडे,सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियार लगायले मन्तव्य राखेको कार्यक्रमको संचालन सुस्मा श्रेष्ठले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close