अर्घाखाँचीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ७ जना,भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ८ जना,मालारानी गाउँपालिकामा १ जना ,पाणिनी गाउँपालिकामा ५ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै १८ जना कोरोना मुक्त भएका छन । सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा १ जना ,पाणिनी गाउँपालिकामा १२ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि जिल्लाभर बाट १८ जना कोरोना मुक्त भएका हुन ।
अब सक्रिय कोरोना संक्रमितको संख्या १सय ८५ पुगेको छ । सन्धिखर्क नगरपालिकामा ९२ जना,भुमिकास्थान नगरपालिकामा १२ जना,शितगंगा नगरपालिकामा ५१ जना,मालारानी गाउँपालिकामा ६ जना ,पाणिनी गाउँपालिकामा २१ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि हाल १ सय ८५ जना सक्रिय संक्रमित रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close