भारतीय सीमामा खोप कार्ड अनिवार्य

काठमाडौं,। कोरोना संक्रमणअघि आउ–जाउ निर्बाध रहेका भारतसँग सीमा जोडिएका तराईका सीमानाकामा अहिले चेकजाँचमा कडाइ गर्न थालिएको छ ।विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि अहिले खोप कार्ड अनिवार्य गरिएको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ ।

रानी नाकास्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले दैनिक भारतबाट आउने सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको बताएका छन् ।स्वास्थ्य जाँच गरिएकोमध्ये दैनिक एक सयभन्दा बढी व्यक्तिको एन्टिजेन परीक्षण गर्दै आएको उनले बताए। पछिल्लो एक सातामा भारतको मदरसाबाट आएका विराटनगरको बरगाछीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल समाचारपत्र दैनिकबाट


कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close