अस्ट्रेलिया बन्यो टी २० विश्व कप क्रिकेटको नयाँ च्याम्पियन

काठमाण्डौं ।अस्ट्रेलियाले टी–२० विश्वकप क्रिकेट को उपाधि जितेको छ ।फाइनल खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराएको छ ।गएराति सम्पन्न फाइनल खेलमा न्यूजील्याण्डलाई हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । जसमा केन विलियम्सले सर्वाधित ८५ रन बनाए । जवकी अस्ट्रेलियाका लागि जोश हेजलवुडले ४ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले १८।५ ओभरमा ८ विकेटको नोक्सानमा लक्ष्य भेट्टायो । अस्ट्रेलियाको जितमा डेभिड वार्नरले ५३ तथा मिचेल मार्शले ७७ रनको पारी खेले । अस्ट्रेलिया टी–२० वर्ल्डकपको इतिहासमा पहिलो पटक च्याम्पियन बनेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close