अर्घाखाँचीमा १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

अर्घाखाँची ।अर्घाखाँचीमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आज देखि सुरु भएको छ ।सदरमुकाम सन्धिखर्कमा रहेको टुडिखेल मैदानमा सुरु भएको खेलको एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


भलिबल, दौड, ज्याभलिङ, हाईजम्प, लङजम्पलगायतका खेलहरु सञ्चालन हुने जिल्ला खेलखुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रीले जानकारी दिनुभयो ।प्रतियोगितामा जिल्ला का तिन नगरपालिका र तिन गाउँपालिका बाट प्रतिनिधित्व हुने गरि खेलाडी सहभागी रहेको छ। प्रतियोगिता तिन दिन सम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close