फोहोरमैला ब्यवस्थापन सम्बन्धि गोष्ठी सन्धिखर्कमा सम्पन्न

रुद्रमणि भुसाल /अर्घाखाँची ।दिगो र उचिब रुपमा फोहोरमैला ब्यवस्थापन गरि फोहोरलाई मोहरमा पणित गर्न शहरी नमुना कार्यक्रम पालेटिङ्ग लागि प्रराम्भिक कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ । यु. यन. डि .पीको आर्थिक सहयोग र सृजनशिल एकीकृत दिगो बिकास समाजको आयोजाना र सन्धिखर्क नगरपालिकाको समन्यनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई सरसफाइमा नमुना बनाउनको लागि यस सस्थाको महत्वपुर्ण भुमिका हुने बताउनु भएको छ ।
उहाँले नगरलाई समुन्त र सम्बृद्धि बनाउन सबै नागरिकको भुमिका महत्वपुर्ण हुने भएकाले त्यसमा टोल सुधार समितिले शिशेष अग्रसरता लिनुपर्ने बताउनु भएको छ । कार्यक्रममा उपप्रमुख ठाकुर बिक , प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , एकीकृत समाजबादीका प्रतिनिधि पुस्कर आचार्य , राष्टिय जनमोर्चाका प्रतिनिधि जीब नारायण खनाल , उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ , सन्धिखर्क १ का वडा अध्यक्ष युवराज बन्जाडे , २ का अध्यक्ष मोतिजङ्ग रायमाझी , नेपाल पत्रकार महासंका कोषाध्यक्ष रुद्रमणि भुसाल , नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसाल , यु. यन. डि .पीका बिबेक शर्मा , टोलसुधार समितिका प्रेम नारायण भुसाल लगायतले मनतब्य राख्दै सृजनशिल एकीकृत दिगो बिकास समाजले फोहोरमैला ब्यवस्थापनमा सबैसगं समन्वय गरि कामको गुणस्तरसगैँ पादर्शि रुपमा काम गर्न आग्रह गरेका थिए । कार्यक्रम सस्थाकि अध्यक्ष खिमा खनालको अध्यक्षता र हेमराज भुसालको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !