कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार दिइने

काठमाडौं । सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ ।प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले जतिसक्दो छिटो वितरण गर्न अहिले कार्यविधि बनाइरहेको हो ।अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा ल्याएको प्रतिस्थापन बजेटमा कोभिड महामारीबाट प्रभावित अनौपचारिक एवं असंगठित क्षेत्रका ५ लाख गरिब र विपन्नलाई राहत स्वरूप एकपटकका लागि प्रतिघरपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने उल्लेख छ । अर्थमन्त्रीको सोही घोषणा कार्यान्वयन गर्न हाल अर्थ मन्त्रालयले यो कार्यविधि बनाउन थालेको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
कमेन्ट गर्नुहोस !