सन्धिखर्कमा भेटियो कुकुरले खाँदै गरेको शिशुको शव

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला परेको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बेवारिसे शिशुको शरिरको करिव आधा भाग कुकुरले खाईसकेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक अर्जुन पौडे्लले जानकारी दिनुभयो ।शिशु कती दिनको अथवा महिनाको हो,भनेर अहिले शिशु जिल्ला अस्पताल सन्धिखर्कमा पोष्ट माटमको लागि लगिएको छ ।उक्त शिशु छोरा रहेको छ । शिशु कस्को र के कारणले फालिएको भन्ने कुरा खुलेको छैन ।यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक पौड्ेलको भनाई छ ।
कमेन्ट गर्नुहोस !