अर्घाखाँचीमा लागू औषध दुरुपयोग विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

सागर महत ,अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस अर्घाखाँचीमा पनि मनाइएको छ ।

जसअन्तर्गत प्ले कार्ड सहित सदरमुकाम सन्धिखर्क परिक्रममा गरि सडक नाटक पस्तुत गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


यस्तै पछिल्लो समय लागु औषधको कुलतमा दिनप्रतिदिन फस्नेको संख्या बढ्दै गएकाले यसको रोकथामको लागि सबै क्षेत्रको सहयोगको आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो।

लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका क्रियाकताप गैर कानुनी हुन, भने, ‘यस्तो क्रियाकलापमा संलग्नलाई कडा कारवाही हुने उहाँले बताउनुभयो ।यस्तै आफ्ना छोराछोरीको गतिविधीमा समेत अभिभावकले ध्यान पुर्ण तरिकाले हेर्नु पर्ने विषयमा प्रहरी प्रमुख रिजालले जोड दिनुभयो ।प्ले कार्डमा हामी सवैको आवाज लागु औषत मुक्त समाज,लागु औषध लिने बानी स्वास्थ्य र धनजनको हानी,लागु पदार्थको नशा जीवनको दुर्दशा लगायतका विषय बस्तुलाई प्ले कार्ड मार्फत जनचेतना गराइएको थियो ।


कार्यक्रममा सिद्वार्थ नाटय समुह कपिलबस्तुले पछिल्लो समय युवा पिढी लागु औषतको कुलतमा फस्दा अभिभाव र समाजमा पर्ने असर बारेमा जनचेतना मुलक सडक नाटक पस्तुत समेत गरिएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close