रामकुमारी झाक्रि आगामी निर्वाचनमा गुल्मीवाट लडने

काठमाडौं। नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकि सचिव रामकुमारी झाक्रिले आगामी निर्वाचनमा गुल्मीवाट लडने बताउनुभएको छ । यस अघि आफुले चुनाव लड्ने अवसर गुल्मी बाट नपाएको बताउदै पाटीको केन्द्रीय सचिव भएको भोलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयोजक कमिटीले काठमाडौको थापागाउँमा गरेको कार्यक्रमलाई सम्वोधन गदै उहाँले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने वताउनुभएको हो ।उहाले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा,श्रीराम महत जस्ता सयौ युवा नेताहरु पनि निर्वाचन लडन तयार रहेको वताउनुभयो । दुई.दुई पटक ससंदको हत्या गर्ने पाटीसगँ सविधानको रक्षा गरेर अगाडि वढेको नेकपा एकीकृत समाजवादी पाटीका नेताहरु निर्वाचन लडने उहाको भनाई थियो ।यस्तै पाटिका केन्द्रीय सदस्यहरुलाइ जिल्लाको ईन्चार्ज वनाउने विधि प्रद्वति भएपनि गुल्मीको माटोमा जन्मेकी रामकुमारी झाक्रि केन्द्रीय सदस्य हुदा समेत जिल्लाको ईन्चार्जको त्यो जिम्मेवारी पूरा गर्ने अवसर समेत केपि वलिले नदिएको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !