अर्घाखाँचीमा ६ जनामा कोरोना संक्रमण पुष्टि,१३ जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा १ जना मालारानी गाउँपालिकामा ५ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ४८ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना मुक्त भएका छन ।
सन्धिखर्क नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा ६ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ३ जना गरि १३ जना कोरोना मुक्त भएका हुन ।यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ९ सय ८७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ८० जना रहेका छन । सन्धिखर्क नगरपालिकामा ३१ जना,भुमिकास्थान नगरपालिकामा ९ जना,शितगंगा नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा २८ जना,पाणिनी गाउँपालिकामा ६ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि ८० जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।
कमेन्ट गर्नुहोस !