कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु

काठमाण्डौ ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ ।५६ जिल्लामा भने क्रियाशीलको नामावली पार्टी वेबसाइटबाट सार्वजनिक गरिसकिएको छ। क्रियाशील नाम सार्वजनिक भएका र निर्वाचन अधिकृत पुगिसकेका जिल्लामा विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि अर्घाखाँची लगायतका जिल्लामा वडा अधिवेशन सुरु भएको हो।वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहसम्मै सक्रिय भएका हुन् । भदौ २७ मा गाउँरनगर/ अधिवेशन भएकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसमा छ।
यस्तै कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ ।देशका ६ हजार सात सय ४३ वडामा गरी कांग्रेसमा कूल ९ लाख क्रियाशील सदस्य छन्।
कमेन्ट गर्नुहोस !