मेरो चरित्रहत्या गरियो फोटो जोडेरःप्रदेश सभा सदस्य वली

बुटवल।लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली)ले आफ्नो चरित्रहत्याको प्रयास भएको बताएकी छिन्। मंगलबार वाइसीएल कार्यकर्ता एकराज ‘बस्नेतलाई सांसद ओलीले चुम्बन गरेको तस्वीर सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भएछि लुम्बिनी प्रदेश सभा सदस्य विमलाले आज एक विज्ञप्तिमा जारी गरि
हिजो एका–एक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्रहत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहन्छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा भनेकी छिन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैँ आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन । मेरो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरूबाट जुन दुस्प्रयास भयो, यसको कडाभन्दा कडा कारबाहीको माग गर्दछु उनको भनाई छ।विशेष गरि पछिल्लो राजनितिक घटनाक्रम लाई आधार मानी चरित्रहत्या गर्न खोजेको पनि उनले आरोप छ ।
यस्तै वाइसीएल कार्यकर्ता बस्नेत मेरो फेसबुक हेक गरेर फोटो जोडेर सामाजिक संजालमा राखेको बताएका छन ।
कमेन्ट गर्नुहोस !