नेपाली कांग्रेस सन्धिखर्क तिनद्धारा शोक सभा कार्यक्रम सम्पन्न

भावना मगर /अर्घाखाँची ।
नेपाली कांग्रेसको आयोजनामा सन्धिखर्क ३ मा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यसमितिको आयोजनामा सन्धिखर्क नगरपालिका वडा नम्बर ३ छापडाँडा निवासी कांग्रेसका क्रियाशील सदस्य लाल बहादुर भाटक्षेत्रीको ८ औ दिनको पुण्यतिथिको अबसरमा कांग्रेसले शोक सभा सम्पन्न गरेको हो । शोक सभा कार्यक्रममा नेपाली कांग्रेस वडा कार्यसमितिका कार्यवाहक सभापति गफार मियाँ, वडा अध्यक्ष लिलाराम गौतम र तरुण विभाग लुम्बिनी प्रदेश सदस्य तथा तरुण दल नगर अध्यक्ष जमसेर मियाँले क्रियाशील सदस्य स्वर्गीय भाटक्षेत्रीको निधनले कांग्रेसलाई अपुरणिय क्षति पुगेको र उहाँले देखाएको बाटोमा आफुहरु सँधै अगाडि बढ्ने बताउनुभएको छ । साथै उहाँहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गदै शोकाकुल घरपरिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा कांग्रेस वडा कार्यसमितिका कोषाध्यक्ष क्यामदीन मियाँ, तरुण दल वडा अध्यक्ष सोबित शाही, वडा सदस्यहरु दधिराम सोमै,जुठे मियाँ, सुर्यप्रसाद भुसाल, दान बहादुर थापा लगायतको उपस्थिती रहेको थियो । श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम वडा सचिव हरि बहादुर खड्काको संचालनमा सम्पन्न भएको हो ।
स्वर्गीय लाल बहादुर भाट क्षेत्रीको गएको साउन २७ गते ८१ बर्षको उमेरमा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close