अर्घाखाँचीमा कोरोना रोकथामको लागि मास्क अभियान सञ्चालन

सागर महत /अर्घाखाँची ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनमा कोरोना रोकथामको लागि माक्स अभियान सञ्चालन गरिएको छ । पछिल्लो केहि समय यता जिल्लामा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको भन्देै महामारी नियन्त्रण र रोकथाम मा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ नेपाल माक्स अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आज सदरमुकाम सन्धिखर्कका चोक र गल्ली–गल्लीमा सचेतना अभियान संचालन गर्दै माक्स वितरण स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिनुभयो ।
अभियान अन्तरगत स्वास्थ कार्यालय अर्घाखाँचीले सन्धिखर्कको तीन ठाउँ स्वास्थ कार्यालय परिसर, शान्ति बगैंचा चोक र चुत्राबेसीको भक्तिटोलामा मास्क बैंक स्थापना गर्ने तथा जिल्लाका पालिकामा पनि सचेतना कार्यक्रम गरिने बताइएको छ । हाल जिल्लामा ७ सय ३५ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री स्वास्थ कार्यलय अर्घाखाँची कि प्रमुख पुस्पा थापा ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !