अर्घाखाँचीमा थप २४ जनामा कोरोना पुष्टि, १ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १७ जना,शितगंगा नगरपालिकामा ६ जना र मालारानी गाउँपालिकामा १ जना गरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल कोरोना संक्रमितको संख्या ३६ सय ११ पुगेको छ । यस्तै हाल सम्म जिल्लाभर बाट कोरोना मुक्त हुनको संख्या २८ सय २५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय १० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालिकामा कोरोना संक्रमण बाट १ जनाको मृत्यु भए संगै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ७६ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !