गुल्मीको सत्यवतीमा जिप दुर्घटना ५ घाइते

गुल्मी ।गुल्मीमा जीप दुर्घटना भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती वडा नम्बर ७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया दिलकुमारी पुन,सत्यवती वडा नम्बर ४ कै ६८ वर्षीया नैनकला पौडेल, र सत्यवती वडा नम्बर ५ कै ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ ।जीप अनियन्त्रित भएर सडकबाट करीब १५ मिटर तल खसेको जनाइएको छ ।
घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close