तीजले बढायो सन्तोषको व्यस्तता, उनको अभिनयमा नयाँ गीत सार्वजनिक

अभिनव चौहान। /अर्घाखाँची। अर्घाखाँची जिल्लाको धरमपानीमा जन्मिएका सन्तोष शर्माको नाम नेपाली गीत संगीतमा सुन्दै आएको नाम हो।उनको अभिनयमा थुप्रै गीतहरु सार्वजनिक भएका छ।तीजको समयमा उनको माग अलि बढी हुने गरेको पाइन्छ ।”चट्ट कलम रेलुमै” जस्ता गीतहरु उनका चर्चित गीत हुन्। त्यसैगरी भर्खरै मात्रै ऊनी र अञ्जली अधिकारीको डान्स तथा अभिनयमा “तारा जुन” बोलको मौलिक गीत सार्वजनिक भएको छ।

शोभाखर संगीत र चिजा गुरुङको आवाजमा रहेको यस गीतको लय तथा शब्द सिर्जना उनै शोभाखरले गरेका हुन्।शंकर बिसिको निर्देशन , सन्तोष शर्मा र अञ्जली अधिकारीको अभिनय,दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको भिडियो सम्पादनमा गीत यतिबेला बजारमा छ। पूरा भिडियो हेर्नको लागि तलको लिन्क ओपन गर्नुहोला।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close