कुशल पागल भएर लेखेको गीतले नसोचेको खुसी ल्यायो,चारैतिर गीतले चर्चा बटुल्दै

अभिनव चौहान/ काठमाडौंं।
अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौंंमा एक दशक भन्दा बढी नेपाली गीत संगीतमा संघर्ष गर्दै आएको नाम हो कुशल बेल्बासे ।उनको आवाजमा सजिएको रातो घलेकीमा बोलको गीत नसुन्ने नेपाली सायदै कमै छन्।रातो घलेकीमा, माली गाइले बाछी चाटेको लगायतका थुप्रै गीतहरुमा उनले आवाज भरिसकेका छन् ।त्यसैगरी लाइभ दोहोरीमा पनि उनको राम्रो दखल छ।लाइभ दोहोरीमा उनको माग र लोक प्रियता राम्रो भएको देखिन्छ।
केही दिन अघाडी गायक तथा गीतकार कुशल बेलबासे र गायिका शान्तीश्री परियारको स्वरमा रहेको लोकदोहोरी गीत ुहातैका पौजाले।।।ु रिलिज भएको छ । उक्त गीत नवराज पन्त नामक युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।यस गीतमा लय तथा शब्द सिर्जना कुशल बेल्बासेकै रहेको छ ।
ओवी रायमाझी र अञ्जली अधिकारीको दर्दनाक अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडयोको नवराज उप्रेतीले छायांकन गरेका हुन् ।यतिबेला टिकटकमा पनि निकै भाइरल भएको छ।
गीतको पूरा भिडियो हेर्नुहोस् ।
कमेन्ट गर्नुहोस !