अर्घाखाँचीमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा २९ जना,भुमिकास्थान नगरपालिकामा १९ जना,शितगंगा नगरपालिकामा ८ जना र मालारानी गाउँपालिकामा ७ जना गरि ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २७ सय ६४ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना मुक्त भए सँगै हाल सम्म जिल्लाभरमा कोरोना मुक्त हुनेको संख्या २५ सय ७ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८९ रहेको छ । कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ६८ रहेको छ ।
कमेन्ट गर्नुहोस !