अर्घाखाँचीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।

अर्घाखाँचीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा १ जना ,पाणिनी गाउँपालिकामा ११जना र मालारानी गाउँपालिकामा १० जना गरि जिल्लाभरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमण पुष्टि हुनेको संख्या २६ सय ९५ पुगेको छ भने पछिल्लो २४ घण्टामा २५ जना कोरोना मुक्त भए सँगै हाल सम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २४ सय ६० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६७ रहेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close