सन्धिखर्कमा जिप दुर्घटना ४ जना घाइते

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा जिप दुर्घटना भएको छ । गुल्मीको नयाँ गाउँबाट छुटेको लु १ ज २६२० नम्बरको जिप सन्धिखर्क नगरपालिका १० माटेमा दुर्घटना हुँदा चार जना घाइते भएका छन ।
घाइते मध्ये छत्रदेव गाउँपालिका वडा नम्बर २ कि रन्जना ताम्राकारको थप उपचारको लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै अन्य ३ जना घाइते मध्ये मालारानी गाउँपालीका वडा नम्बर ३ कि निर्माला खनाल, र गुल्मीको धुर्कोट गाउँपालिका का अंकीत कुँवर र विशन कुँवरको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।गुल्मी यातायातको जिप अचानक ब्रेक फेल भई सडकको कुनापट्टी नालीमा परी सडक मै पल्टिएर दुर्घटना भएको उनले बताए।जिपमा १३ जना सवार रहेका थिए ।जिप दिउँसो दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close