कांग्रेस अर्घाखाँचीको सितगंगामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा (ख)ले शनिबार सितगंगा नगरपालिका वडा नम्बर ४ अमराईमा सितगंगा नगरस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य गङ्गा शाही ,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन , अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठ, पूर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी लगायतका नेताहरूले प्रशिक्षणात्मक सम्बोधन गर्नुभएको नेपाली कांग्रेस प्रदेश सभा (ख)का सभापति हेमन्त बेल्बासेले जानकारी दिनुभयो ।

विशेष गरी कांग्रेसको संगठन सुधारको लागि वडा तहका कार्यकर्तालाई समेत सहभागी गराइ प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।साथै यो अभियानमा स्थानीय स्तरमा गुनासा तथा सुझावका बारेमा पनि छलफल समेत भएको जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close