भुमिकास्थान १ मा वडाबाटै भत्ता वितरण सुरु

प्रेमनारायण आचार्य ,सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गोपाल खनालको पहलमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा, अपांग तथा एकल महिलालाई बैंकमा गएर लामो लाइन बसेर भत्ता लिन अप्ठेरो र दुःख भएपछि वडाध्यक्ष खनालले वडा कार्यालयबाटै भत्ता दिलाउनुभएको हो ।

वडा कार्यालयमै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरेका हुन्। वडाबाटै भत्ता बुझ्न पाएपछि स्थानीय वृद्धवृद्धाहरु पनि खुसी भएका छन्। गाडी चढेर घण्टौ लाइनमा बसी बैंकमा पुगेर भत्ता बुझ्ने परिपाटीको अन्त्य गर्दै आफ्नै वडा कार्यालयबाट सेवा पाएपछि वृद्धवृद्धा खुसी भएका हुन्।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close