अर्घाखाँची अस्पतालबाट १ वर्षमा ५६ हजार बढी बिरामीले सेवा लिए

सागर महत ,सन्धिखर्क ।जिल्ला अस्पताल अर्घाखाँचीमा अझै पनि दरबन्दी अनुसारको डाक्टर र सुविधा सम्पन्न भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बताउनुभएको छ ।अस्पताल नाम मात्रको ५० शैया र सेवा सुविधा १५ शैया बाट भएको बताउनुभएको छ ।यस्तै दरबन्दी अनुसारको चिकित्सक नभएको बताउनुभयो । आर्थिक बर्ष २०८०/८१मा सामाजिक परीक्षण आम भेलालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
गत आर्थिक वर्षमा अर्घाखाँची अस्पतालबाट ५६हजार २सय ४२ जना बिरामीले सेवा लिएको समेत अस्पतालले जनाएको छ ।
यस्तै सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य र प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले अस्पतालमा लामो समय सम्म पालो पर्खनेहरूको व्यवस्थापन र बिरामी चेक जाँचको ध्यान दिन र कार्यालय समय भित्र नागरिकको सेवामा लाग्न आग्रह गर्नुभयो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठले मालारानी गाउँपालिका र भूमिकास्थान नगरपालिकामा बनेका अस्पताल अलपत्र छन । जिल्लामा सुविधा सम्पन्न अस्पताल बनाउन सबै पक्ष एक जुट हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घ लुम्बिनी प्रदेश सदस्य हिम जिसी लेकाली,जिल्ला अध्यक्ष गणेश खनाललगायतले अस्पताल सुधार गर्ने पक्षमा लागि सुझाव दिनुभयो । सामाजिक परीक्षणबारेमा सहजकर्ता सुरज सारुले प्रकाश पारेको कार्यक्रम पर्यावरण सचेतना समुह सन्धिखर्कले सहजिकरणमा सम्पन्न भएको अध्यक्ष सिद्धार्थ केसीको भनाइ छ ।कार्यक्रम सागर परियारको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !