बालिकालाई दुर्व्यवहार गरेको आरोपमा सन्धिखर्कमा १ जना पक्राउ

अर्घाखाँची ।अर्घाखाँचीमा बालिकालाई दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन्।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा घर भई सन्धिखर्कको ईसाराटोलमा बसोबास गदै आएका ३३ वर्षिय ऋषि बहादुर मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मुखियालाई आफ्नै घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।जिल्ला अदालतले गत वर्ष माघ ७ गते अभियुक्त मुखियालाई २ महिना ११ दिन कैद सजायँको फैसला सुनाएको थियो । मुखियालाई कैद भुक्तानीका लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close