नेकपा एमालेमा नरहेको बेदुराम भुसालको भनाई

काठमाडौं ।नेकपा एमाले नेता एवम् राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफु एमालेको कुनै पनि समुहमा नरहेको बताउँनुभएको छ । भुसाले आज एक पत्र लेख्दै सभाको स्वतन्त्र सदस्यको रुपमा रहेको बताउनुभएको छ ।पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका

जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, उहाँले पत्रमा थप भन्नुभएको छ ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु बन्नुभएको छ ।साथै आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन अनुरोधसमेत गर्नुभएको छ ।संघीय संसद्‍ सचिवालयमा पत्र लेख्दै आफूलाई स्वतन्त्र सांसदको व्यवहार गर्न अनुरोध गरेका छन्।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close