विप्लवका तीन बुँदे सहमति कार्यान्वयन गरेन सरकारलेः लामा

काठमाडौं ।नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजनामा काठमाण्डौंमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा करिव २ सय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकानेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै विप्लवका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गर्नुभएको छ ।

सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे कार्यान्वयन नहुँदा हाम्रा धेरै नेता कार्यकर्ता जेलमै हुनुहुन्छ । तीन बुँदामा हाम्रो पार्टीले गरेको प्रतिवद्धताअनुसार हाम्रो पार्टी गइरहेकै छ । तर, सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेकोले आक्रोस बढेको छ”, लामाले भने ।नेकपाका काठमाडौँ इन्चार्ज समेत रहेका लामाले कार्यक्रममा अहिले नेपालका राजनीतिक पार्टी र सरकार जनताको स्वास्थ्यप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close