विश्वकप फुटबल छनोटमा नेपाल जोर्डनसँग ३–० ले पराजित

काठमाण्डौं ।विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको छ ।जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।हारसँगै नेपालको विश्वकप छनोटको सम्भावना सकिएको छ । जोर्डनले गोलका लागि कयौं अवसर प्राप्त गरे पनि नेपाली रक्षापंक्ति र गोलकिपर किरण चेम्जोङले विफल तुल्याइदिएका थिए । यो सँगै एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने आशा भने गणितीय रुपमा कायमै रहेको छ ।
कमेन्ट गर्नुहोस !