काभा भलिबलमा नेपाल भारतसँग पराजित

काठमाडौँ । काभा भलिबल महिला नेशन्स लिगको उपाधि भारतले जितेको छ। पाँचौँ सेट १५.५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३—२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो।२—१ सेटले अगाडि रहेको नेपाल फेरि भारतलाई फाइनलमा पराजित गर्नबाट चुकेको छ। लिग चरणको खेलमा भने नेपालले भारतलाई ३—२ सेटमा पराजित गरेको थियो।
कमेन्ट गर्नुहोस !