अर्घाखाँचीमा एकै दिन १ सय २४ जना कोरोना मुक्त,२२मा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १० जना,भुमिकास्थान नगरपालिकामा ४ जना,शितगंगा नगरपालिकामा ७ जना र छत्रदेव गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या २ हजार ३५ पुगेको छ ।

यस्तै गएको २४ घण्टमामा १ सय २४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छ। यो सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या १३ सय ६१ पुगेको छ ।अब जिल्ला भरमा ६ सय २१ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यता जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट कसैको मृत्यु भएको छैन भने हाल सम्म संक्रमण बाट ५२ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close