क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा सन्धिखर्कमा भ्रष्टाचार विरुद्धको अभियान शुभारम्भ

सन्धिखर्क,असार ०५ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले आज देखि भ्रष्टाचार विरुद्धको अभियानको शुभारम्भ गरेको छ । कार्यक्रमको पार्टीका पोलिटव्युरो सदस्य प्रेम सुवेदीले उद्घाटन गनु भएको थियोे।कार्यक्रमको उद्घाटन गदै नेता सुवेदीले बर्तमान सरकार भ्रष्टाचारमा निदाईरहेकोले यसका बिरूद नेपाली जनताले सशत्त सघर्ष गनुपर्ने बताउदै भ्रष्टाचारको अन्त्य गछु भन्ने प्रधानमन्त्री ओली माथि नै विभिन्न काण्ड भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट लगायतका काण्डमा नाम मुछिएकाले यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए नेता सुवेदीले भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमाले लगायत सत्ताधारी राजनीतिक दलका कारणले भ्रष्टचार, बेथिति र बिचौलियाले देशमा पुरानै ठाउँमा जान खोजेको बताउदै उनीहरूलाई पुरानै ठाउँमा फर्कन नदिने खबरदारी गर्ने जनबादी व्यवस्था लिएर जनताका मुद्दा आफुहरू सम्वोधन गर्ने बताएका थिए ।

कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य कृष्ण केसीले नयाँ जनवादी ब्यबस्थाको लागि सघर्ष गदै बैज्ञानिक समाजवाद तर्फ अगाडी बढ्नु पर्ने बताए ।कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज नरेन्द्र थापा क्षेत्रीले मुलुकमा दिन प्रतिदिन स्थानीय सरकार देखि केन्द्र सरकार सम्म बढिरहेको भ्रष्टाचारको अन्त्यको लागि सबै जनता गोलबन्द भई कडा प्रतिरोध गनुपर्ने बताएका थिए । कार्यक्रमको जिल्ला सेत्रेटरी राजेन्द्र नेपाली सहजीकरणमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न जिल्लाका नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियोे

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close