अर्घाखाँचीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ११ जना,भुमिकास्थान नगरपालिकामा ४ जना,शितगंगा नगरपालिकामा २१ जना,मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १७ सय९९ पुगेको छ । आज जिल्लाभर बाट कोरोना निको भएर ३८ जना डिस्चार्ज भएसंगै हाल सम्म डिस्चार्ज हुनेको संख्या ९ सय ७९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अब जिललमा सक्रिय कोरोना संक्रमित संख्या ७ सय ७५ पुगेको छ ।यता जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट २ जना पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर १का ३१ वर्षिय पुरुष र मालारानी गाउँपालिका वडा नम्बर ७का ७८ वर्षका पुरुषको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।कोरोना संक्रमण बाट हाल सम्म जिल्लामा ४५ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !